प्रधानमन्त्री कार्कीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सकिएको छ। प्रधानमन्त्री कार्की नियुक्त भएपछि पहिलोपल्ट यस समितिको बैठक बसेको हो। बैठकमा गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका साथै नेपाली सेनाका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो। […]