परिवर्तनको बहानामा नेपालमा विध्वंश : दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति
सोमबार र मङ्गलबार चर्किएको जेन-जी आन्दोलन क्रममा देशभर सार्वजनिक संरचनामा दुई खर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको आकलन गरिएको छ । ती संरचनाभित्र रहेका अमूल्य ऐतिहासिक दस्तावेज र लिखत पनि जलेर खरानी भएको छ । शहरी विकास मन्त्रालयका अनुसार, दुई खर्ब रुपैयाँभन्दा बढी लागतका संरचनामा क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ । ‘एउटै संरचना बनाउन अर्बौँ […]