चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी महिला पक्राउ
अमेरिकी अनुसन्धान एजेन्सी-एफबीआईले आइतबार लस एन्जलस विमानस्थलबाट एक ३४ वर्षीया महिलालाई पक्राउ गरेको छ। ती महिलाले चिनियाँ सरकारका लागि काम गरेको, ताइवानका राष्ट्रपति लाइ चिङ-तेका छोराको निगरानी गरेको तथा उनको तस्बिर तथा भिडिओ चीनमा पठाएको आरोप लागेको सीएनएनले जनाएको छ । ती अमेरिकी महिलाको नाम वान्यिङ झाङ उर्फ हेदर झाङ हो। उनी क्यालिफोर्नियाको इरभिन सहरकी […]