यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको अपील
नेपाल ट्रक यातायात व्यवसायी महासंघले शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात सञ्चालनमा ल्याउन अपील गरेको छ । जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति महासंघले श्रद्धाञ्जली अर्पण गर्दै मुलुकभर यातायात ठप्प हुँदा दैनिक जनजिवन प्रभावित बनेको बताएको छ । महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विगत […]