देशको माया लागेरै खराने ग्याङ लेखेको हुँ
पछिल्लो समय सामाजिक सञ्जालमा ‘खराने ग्याङ’ गीत चर्चित छ । भदौं २३ र २४ को विद्रोहकेन्द्रित ५ मीनेट ५८ सेकेण्ड लामो भिडियोमा मुलुकका प्रमुख प्रशासकीय केन्द्र जलाउने नेता, कलाकारदेखि युट्युबेहरूलाई कडा शब्दमार्फत प्रहार गरेका छन्, बिजु आचार्यले । सात वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका बिजु नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका ३० वर्षीय युवा हुन् । […]