सांसदको मर्यादा र रास्वपाको परीक्षा ! आरोप प्रमाणित भए पद हट्छ ?
सांसद हुनु निर्वाचन जित्नु मात्र होइन, जनताको विश्वास र सार्वजनिक मर्यादाको जिम्मेवारी वहन गर्नु पनि हो। त्यसैले जनप्रतिनिधिको व्यवहारमाथि गम्भीर प्रश्न उठ्दा त्यसलाई बेवास्ता गर्न मिल्दैन। तर प्रश्न उठेकै आधारमा कसैलाई दोषी घोषणा गर्नु पनि न्यायको सिद्धान्तविपरीत हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित पछिल्लो विवादले राजनीति, संसदीय मर्यादा र कानुनी जवाफदेहिताबारे […]