पहरोबाट खसेको ढुंगाले लाग्दा मुग्लिनमा बस सवार यात्रुको मृत्यु
नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेका बसमा पहराबाट खसेको ढुंगाले लाग्दा एक जना यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ गइरहेको ग २ ख १८३६ नम्बरको बसमा हिजो मंगलबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडकमाथिबाट खसेको ढुंगाले लागेको हो। ढुंगाले लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या […]