भायानेट कम्युनिकेसनको सञ्चालक समितिमा पूर्वबैंकर परशुराम कुँवर क्षेत्री नियुक्त
इन्टरनेट तथा टिभी सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसनको सञ्चालक समितिमा पूर्वबैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी मानिएका क्षेत्री कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार भायानेटको बोर्डमा आबद्ध भएका हुन् । सन् १९८६ मा तत्कालीन ग्रिन्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक)बाट आफ्नो करिअर सुरु गरी उनले नेपाल बैंक, सिटिजन्स बैंक […]