भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली भूमि लिपुलेक नाका खोल्न भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने बताएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यस विपरितका कार्यले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरित भएको मानिनेमा रास्वपा स्पष्ट रहेको बताए । नेपालको प्रत्यक्षसहमति बिना भएका सहमति स्वीकार्न नसकिने […]