कामीरिता ३१ औँ पटक सगरमाथा शिखरमा
कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । मंगलबार बिहान चार बजे शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले जानकारी दिनुभयो । गत वर्ष कामीरिताले ३० औँपटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गर्नुभएको थियो । […]