जेन–जी सहिदका बालबालिका पढाइका लागि त्रिपक्षीय सम्झौता
जेन–जी आन्दोलनका सहिदका बालबालिकाको पढाइ सुनिश्चित गर्न गोल्याण ग्रुप, विद्यालय र अभिभावकबीच त्रिपक्षीय समझदारी भएको छ। समूहले घोषणा गरेअनुसार वार्षिक डेढ करोड रुपैयाँ बराबरको शैक्षिक बजेट विनियोजन गर्ने जनाएको छ। पहिलो चरणमा ६ सहिद परिवारका ९ बालबालिकाका लागि सम्झौता गरिँदै प्रतिविद्यार्थी वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्म खर्च व्यहोर्ने व्यवस्था गरिएको छ। छात्रवृत्तिमा मासिक शुल्कदेखि […]