अन्तर्राष्ट्रिय स्काउटको आयुक्त बरालद्वारा राजीनामा
नेपाल स्काउटकी अन्तर्राष्ट्रिय आयुक्त स्मृति बरालले पदबाट राजीनामा दिनुभएको छ । २०८० फागुन १३ गते निर्वाचित उनी १५ महिनामै पदीय जिम्मेवारीबाट बाहिरिनुभएको हो ।। नेकपा (एमाले) निकट अनेरास्ववियुको स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखसमेत रहनुभएकी बरालले आफ्नो राजनीतिक यात्रालाई केन्द्रमा राखेर बारम्बार आत्मसम्मानमा ठेस पुर्याएकाले राजीनामा दिन बाध्य भएको सामाजिक सञ्जालमा लेख्नुभएको छ । […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            