दूरसञ्चार सेवा प्रदायकले स्याटेलाइट सेवा भाडा बाफत वार्षिक ५ लाख डलर भुक्तानी दिने
अब दूरसञ्चार सम्बन्धी सेवा प्रदायक संस्थाहरुले स्याटेलाइट सेवा भाडामा लिने वा प्रयोग गरेकोमा तिर्नुपर्ने रकम वार्षिक ५ लाख डलरसम्म भुक्तानी गर्न सक्ने भएका छन्। नेपाल राष्ट्रबैंकले हालै ‘एकीकृत परिपत्र २०८२’ मा संशोधन गर्दै यस्तो प्रावधान राखेको हो। यसअघि सोही कामका लागि वार्षिक १ लाख डलरसम्म मात्र भुक्तानी गर्न सकिने प्रावधान थियो। ‘नेपाली दूरसञ्चार सम्बन्धी सेवा […]