आज एपीएफ फुटबल क्लब,उज्वेकिस्तानको पीएफसी नसाफविरुद्ध भिड्दै
विभागीय टोली एपीएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा आज उज्वेकिस्तानको पीएफसी नसाफविरुद्ध खेल्दैछ। उज्वेकिस्तानको घरेलु मैदानमा हुने खेल सोमबार राति सवा ९ बजे सुरु हुनेछ। अनिता बस्नेतको कप्तानीमा मैदान उत्रने एपीएफ उच्च मनोबलमा मैदान उत्रनेछ। मिडफिल्ड र डिफेन्सिभ लाइनमा बलियो देखिएको एपीएफको आक्रमण भने केही कमजोर हुने आशंका छ। […]