“एनआईबिएल सहभागिता फण्ड” नामक खुल्लामुखि योजनाको प्रतिफल घोषणा
एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको हो। आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । […]