शिक्षामा ककनिको सफलता चम्कियो : आधा स्कुलले ल्याए शतप्रतिशत नतिजा
यस वर्षको कक्षा १२ को परीक्षाफल ककनी गाउँपालिकाका लागि अत्यन्तै उत्साहजनक देखिएको छ । गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयहरूबाट परीक्षामा सहभागी भएका ११७ विद्यार्थीहरुमध्ये १०४ जनाले सफलता प्राप्त गरेका छन् । यसले गाउँपालिकाको समग्र उत्तीर्ण प्रतिशत ८८.८९ पुर्याएको छ, जुन राष्ट्रिय औसत ६१.१९ प्रतिशतभन्दा धेरै माथि छ । उल्लेखनीय कुरा के छ भने, सहभागी विद्यालयमध्ये […]