जोगबनीमा तनाव, रानी नाका बन्द
भारतको जोगबनी बजारमा अशान्त माहौलका कारण बन्द गरिएको मोरङको विराटनगरस्थित रानी नाका खोलिएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पर्ने रानी नाका अस्थायी रुपमा बन्द गरिएकोमा डेढ घण्टापछि सञ्चालनमा आएको छ । नाका खोलिए पनि आवतजावत गर्न कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताए । ‘उता असामान्य परिस्थिति बनेपछि नाका […]