तिहारमा भारतीय सयपत्री प्रतिबन्ध : आजदेखि अनुगमन
तिहारमा भारतीय सयपत्री फूल भित्रनसक्ने आशंकामा काठमाडौं महानगरपालिकाले आज मंगलवारबाट अनुगमन सुरु गर्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल र कामपा प्रहरी टोलीले आजबाट अनुगमन गर्न लागेको हो । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले आशंका लागेका सबै कोल्डस्टोरमा अनुगमन गर्ने जानकारी दिनुभयो । एसोसियसन र कामपा प्रहरी टोलीले संयुक्त रूपमा अनुगमन गर्न लागेको हो । […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                             
                             
                            