राजावादीको बैठकमा तनाव
दोस्रो चरणको आन्दोलन घोषणा गर्न भन्दै राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको बैठकमा तनाव भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नआएको भन्दै बैठकमा सहभागी कार्यकर्ताहरूले विरोध जनाउन थालेपछि बैठकस्थलमा केहीबेर तनाव भएको थियो । समितिका संयोजक नवराज सुवेदीले पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणका आन्दोलन घोषणा गर्ने भन्दै […]