नेपाल भियतनामसँग फेरि पराजित
एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि नेपाल भियतनामसँग १-० गोल अन्तरले पराजित भएको छ। लगातरको चौथो हारमा नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको छ। भियतनाममा आज भएको खेलको पाँचौ मिनेटमा नै भियतनामले अग्रता बनायो। नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोल गरे। ट्रोङ् टाएनलेको कर्नरमा नुयन हिउले हानेको बल सुमनको खुट्टामा लागेर गोलमा परिणत भयो। […]