प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले श्रावणमा बोलायो स्थायी समिति बैठक
प्रमुख प्रतिपक्ष दल माओवादीले स्थायी समिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले साउनको दोस्रो साता स्थायी समिति बैठक बोलाउने निर्णय गरेको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले आगामी ७ साउनमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस औपचारिक रूपले मनाउने र विपत् व्यवस्थापनमा पार्टीपंक्ति सक्रिय भएर लाग्ने निर्णय गरेको छ […]