पाकिस्तानका १४ लाख मानिस बाढीको जोखिममा
रावी, चेनाब र सतलज नदीमा बाढी उर्लिंदा पाकिस्तानको पन्जाबमा १४ लाख मानिस जोखिममा परेका छन्। पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले भारतबाट आउने पानीका कारण अवस्था बिग्रन सक्ने चेतावनी दिएको छ। लाहोरका धेरै क्षेत्र डुबानमा परेका छन्। रावी पुल भत्किने खतरा पनि छ। बाढीको जोखिममा परेका मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ। रावी नदी किनारमा […]