प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म स्थायित्व नआउने बाबुरामको दाबी
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हालको राजनीतिक परिवर्तनलाई ‘आंशिक सफलता’ मात्र भएको भन्दै दीर्घकालीन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने धारणा राखेका छन्। पार्टीको अध्यक्ष त्याग गरेको भोलिपल्ट आज बिहीबार पत्रकार सम्मेलन गर्दै जेनजीको आन्दोलनका कारण सरकार ढलेको तर पुरानो सत्ता नढलेको उल्लेख गरे। ‘तपाईंहरुले आंशिक जित हासिल त गर्नुभयो, सरकार त ढाल्नुभयो,’ भट्टराईले भने, ‘तर, […]