माघ ११ देखि बालसाहित्य महोत्सव
तेस्रो बृहत् बालसाहित्य महोत्सव माघ ११ देखि हुने भएको छ । नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको संयुक्त आयोजनामा पाटन दरबार संग्रहालयमा माघ ११, १२ र १३ तीनदिने महोत्सव हुन लागेको ललितपुर महानगरपालिकाका सामुदायिक विकास शाखाका वरिष्ठ अधिकृत सरिता महर्जनले जानकारी दिएकी छन् । महोत्सवमा बाल साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न […]