दुर्लभ प्रजातिको कालो चितुवा इलाममा
इलाममा कालो चितुवा फेला परेको छ। जिल्ला वन कार्यालय इलामले यो दुर्लभ प्रजातिको चितुवा भएको अनुमान गरेको छ। सूर्योदय नगरपालिका-२ बागवीरे निवासी टंक काफ्लेको बाख्राको खोरभित्र सोमबार बिहान कालो चितुवा फेला परेको हो। आइतबार राति नै आएर खोरमा रहेका दुईवटा माउ बाख्रा र एउटा पाठी खाएर खोरमै बसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। […]