उद्योगमन्त्री भण्डारी र विश्व व्यापार संगठनका प्रतिनिधिबीच शिष्टाचार भेट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठनका प्रतिनिधि श्री माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट सम्पन्न भएको छ । भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको छ । उक्त भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर सुधार, निर्यात प्रवर्धन, लगानी मैत्री वातावरण निर्माण तथा सहकार्यका विषयमा छलफल भएको छ । विशेषगरी […]