सेजन निर्वाचन सम्पन्न : भागवत भट्टराईको अध्यक्ष कार्यसमिति चयन
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ साधरणसभाले भागवत भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आज शनिबार भएको मतदानमा भट्टराई ११० मतसहित अध्यक्षमा विजयी हुनुभयो । यस्तै उपाध्यक्षमा जीवन बस्नेत निर्विरोध चयन हुनुभयो । महासचिवमा कमल बस्नेत र कोषाध्यक्षमा केशु लामिछाने विजयी हुनुका साथै सचिवमा शंकर पण्डित निर्विरोध चयन हुनुभएको सेजन निर्वाचन […]