हामीलाई देखाएर सरकार प्रश्नबाट पनि भाग्यो : रास्वपा सांसद गौतम
शुक्रबार रास्वपा र राप्रपाले प्रतिनिधि सभाको बैठक बहिष्कार गरे, प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम पनि हटाइयो । यसै सन्दर्भमा रास्वपा सांसद सोबिता गौतम भन्छिन् हामी नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जाल भत्काउने संघर्षमा छौं। बेचिएका नेपालीहरूको आँशुले नपोलेको सरकार न गम्भीर देखिन्छ, न त जवाफदेही नै। उल्टो, सरकारले हाम्रो प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको छ। […]