नासाले खिच्यो धेरै नजिकबाट सूर्यका गतिविधि
नासाले हालै सूर्यको अहिलेसम्मकै सबैभन्दा नजिकबाट खिचिएको तस्बिर सार्वजनिक गरेको छ। पार्कर सोलर प्रोबले सूर्यको सतहबाट मात्र ३८ लाख माइल (६१ लाख किलोमिटर) दूरीबाट यी तस्बिर खिचेको हो। नयाँ तस्बिरहरूले सूर्यबाट निस्कने सौर्य हावाको महत्वपूर्ण विशेषता देखाएका छन्, जसले वैज्ञानिकहरूलाई यसको उत्पत्ति र पृथ्वीमा पर्ने प्रभावहरू बुझ्न मद्दत पुर्याउनेछ। सौर्य हावा भन्नाले सूर्यको बाहिरी वायुमण्डल […]