रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु
रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा भगवानपुर टोलस्थित भित्री सडक खण्डमा अमेरी मस्जिदबाट कबरी स्थानतर्फ जाँदै गरेको ना ६ त ५४४० नम्बरको ट्याक्टर अनियन्त्रित भएको थियो । दुर्घटनामा परी मामाघरमा बसिरहेका ८ वर्षीय बालक शेख सादिकको मृत्यु भएको […]