काठमाडौँमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु, दुई जना घाईते
काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। आज बिहान करिब पौने चार बजे चन्द्रागिरि(१५ तीनथानास्थित मुख्य सडकमा दुई सवारी साधन ठोकिँदा मोटरसाइकल चालक चन्द्रागिरि-४ थानकोट निवासी करिब ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटरका चालक धादिङको खानीखोला घर भएका […]