पोखरा विमानस्थल-आयोजना प्रमुखविरुद्ध अढाइ करोडको भ्रष्टाचार मुद्दा
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रबन्धक हाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइ प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करो ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसा भ्रष्टाचार गरेको दाबी गरेको छ। उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ। […]