बालेनको मन्त्री परिषदमा संसदबाहिरका व्यक्ति
निर्वाचनमा झण्डै दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सरकार गठनको तयारीलाई तीव्र पारेको छ। भावी प्रधानमन्त्री एवं रास्वपा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कार्यक्षमता र नतिजालाई प्राथमिकता दिँदै विज्ञहरूको क्याबिनेट बनाउने विषयमाथि छलफल थालेका हुन्। एकलौटी सरकार गठन गर्ने जनादेश पाएको रास्वपाले नयाँ अभ्यास अन्तर्गत गैरसांसदलाई मन्त्री बनाउन चाहेका छन् । […]