निवर्तमान सांसद वासुदेव घिमिरेले छाडे एमाले
विघटित प्रतिनिधि सभाका सांसदसमेत रहेका नेकपा ९एमाले० का नेता वासुदेव घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन्। रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुखसमेत रहेका घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा प्रवेश गर्ने तयारीस्वरुप एमाले परित्याग गरेको चर्चा छ। ‘अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै […]