शान्ति वार्ताका लागि इरानी टोली पाकिस्तानमा
अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद पुगेको छ। बीबीसी अनुसार पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इरानी प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको बताएको छ। इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारले देशको नुर खान विमानस्थलमा स्वागत गरेका छन्। स्वागतमा पाकिस्तानका राष्ट्रियसभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर र आन्तरिक […]