यमपञ्चक तिहार : संस्कृति, पूजा र सामाजिक सद्भावको पर्व
तिहार हाम्रो हिन्दू धर्मावलम्बीहरूको दोस्रो महान् चाड हो । यसलाई प्रायः यमपञ्चकका पाँच दिनहरूसँग जोडेर मनाइन्छ । कार्तिक कृष्ण त्रयोदशीबाट प्रारम्भ भएर कार्तिक शुक्ल द्वितीयासम्मको यी पाँच दिन प्रकृति पूजकको तिहारको रूपमा चिनिन्छ । यस पर्वमा पृथ्वी, जल, तेज, वायु र आकाशजस्ता पाँचै पञ्चतत्वलाई सम्मान गरिन्छ । तिहारका पाँच दिनहरूले विशेष महत्व बोकेका छन् । […]