अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुन्छ : राजीव खत्री
प्रतिनिधि सभा सदस्य पदमा भक्तपुर–२ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीले अब कानुनीराज भक्तपुर–२ बाट सुरु हुने बताएका छन् । शनिबार निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले कानुनलाई केही मान्छेले मुठ्ठीमा लिँदा जनताहरु खुलेर समर्थन गर्न नसक्ने अवस्था आफूले पाएको भन्दै अब कानुनी राज भक्तपुर–२ बाट सुरु हुने प्रतिक्रिया दिएका हुन् । […]