हर्कको सफलता-संसदमा माटोबाट ३ सिट
हर्कराज राई (हर्क साम्पाङ) ले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा संसदका लागि ३ सिट जितेको छ । साम्पाङसहित ३ जना नै पूर्वी जिल्लाबाट रहेका छन् । धरान उपमहानगरपालिकामा यसअघि स्वतन्त्रबाट मेयर बनेका हर्कले दल खोलेर राजनीतिमा होमिएका हुन् । गत असोजमा पार्टी खोलेका हर्कले ५ महिनामा नै ठूलो सफलता हात पारेका हुन् । […]