विपिन जोशीको शब नेपाल ल्याइयो, गृहजिल्लामै अन्तिम संस्कार गरिने
इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको छ । हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका विपिन जोशीको शरीर सोमबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सो क्रममा प्रधानमन्त्री कार्कीले केहीबेर […]