विश्वभरका संस्कृत ज्ञाताहरुको नेपालमा भेला
नेपालमा जारी विश्व संस्कृत सम्मेलनमा अमेरिका, चीन भारतसहित विभिन्न देशका संस्कृतविद्ध तथा विश्वविद्यालयका प्राध्यापकहरूले सहभागिता जनाएका छन् । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा शुरु भएको पाँच दिने सम्मेलनको आज नेपालसहित विभिन्न देशका संस्कृत भाषाका ज्ञाता तथा विश्वविद्यालयका प्राध्यापकहरूले धारणा राखे । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद पोखरेल, चीनको क्युलेली एकेडेमीका प्राध्यापक मेइ याङ, भारतको कोलकत्तास्थित सत्यनारायण चक्रवर्ती […]