३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने
काठमाडौं । स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना – ३४१ मेगावाट क्षमताको बूढीगण्डकीमा लगानी जुटेको छ । आंशिक–जलाशय प्रकृतीको यो आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने टुङ्गो लागेको छ । नेपाल इनभेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल […]