काठमाडौँका पूर्वसीडीओ छवि रिजाल पक्राउ
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल आज पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको सुविधानगरबाट पक्राउ गरेको हो । गत भदौ २३ र १४ गते भएको जेनजी आन्दोलनको बेला उनी काठमाडौँको सीडीओ थिए। जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। […]