श्रममन्त्री रामजी, उद्योगमन्त्री गौरीकुमारी यादव
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। यसअघि हिजोमात्रै श्रममन्त्री दीपक साहलाई प्रधानमन्त्रीले पदमुक्त गरेका थिए। उद्योगमन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्रीले नै सम्हालिरहेका थिए। नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्।