नयाँ बनेश्वरमा टिपरले ठक्कर दिँदा एक सरकारी कर्मचारीको मृत्यु
काठमाडौँको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालक पुरुषको मृत्यु भएको छ। मंगलबार बिहान बिहान पौने ९ बजेतिर भएको दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका ५ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक कोइराला नायब सुब्बा पदका कर्मचारी भएको खुलेको […]