पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल भोली झिकाउन सर्वोच्चको आदेश
सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल सर्वोच्च अदालतले झिकाएको छ। खड्कामाथि पछिल्लो समय राजस्व अनुसन्धान विभागबाट अनुसन्धान चलिरहेको छ। खड्काको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै राजस्व अनुसन्धान विभागलाई भोली बिहीबार १२ बजेभित्रमा लिखित […]