मोटरसाइकल मोडिफाइड गर्ने २५२ चालक कारबाहीमा
स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले कारबाही सुरु गरेको छ। कास्की प्रहरीले गत असोजदेखि सुरू गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म २५२ मोटरसाइकल चालक कारबाहीमा परेका छन्। जिल्ला प्रहरी र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा सञ्चालन गरेको उक्त अपरेसनमा मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्नेलाई कारबाहीको दायरामा ल्याइएको हो। समाजमा आतङ्क […]