डोल्पा पहिरो र त्रिपुरामा बाढीले ५५ भन्दा बढी घरमा क्षति
डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्याएको छ । गए राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका(४ रिवा गाउँमा पहिरो खसेको हो । गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले तीन वटा घर पूर्णरूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । […]