दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो
निवर्चान आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदान केन्द्रमा ४४ लाख ५५ हजारभन्दा बढी मत खसेको छ । आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये करिब २४ प्रतिशत मत खसेको छ । मतदान बिहान ७ बजेदेखि सुरु भई देशभर शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको […]