एमाले महाधिवेशनमा मतदान आजको भोली सर्यो, बुधबार बिहान ८ बजे शुरु हुने
नेकपा एमालेको ११ औँ महाधिवेशनमा भोलि बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएपछि बेलुका गर्ने भनिएको मतदान सरेको महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन्। एमाले महाधिवेशनमा ११ केन्द्रीय सदस्य सर्वसम्मत आज बिहानदेखि सुरु हुने भनिएको मतदान पटक पटक सारिएको थियो। मतदानमा विद्युतीय […]