विश्व जल दिवस : पानीको धनी देशमा पानीकै संकट
‘पानी छैन त जिन्दगानी छैन’ मानव जीवनको आधारभूत सत्यलाई आत्मसात गर्दै आज मार्च २२ मा विश्वभर विश्व जल दिवस मनाइँदै छ । सन् १९९३ देखि मनाउन थालिएको यस दिवसले सुरक्षित र स्वच्छ पिउने पानीमा सबैको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ । तर विडम्बना जलस्रोतको धनी देश भनिने नेपालमै पानीको संकट गहिरिँदै गएको छ । […]